नवलपरासी, ३० चैत । पक्लीहंवा गाविस– ८ बलिनगरमा आज दिउँसो आगलागी हँुदा करिब रु तीन लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी हनिफ मियाँको घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीयवासी श्याम थापाले जानकारी दिए । आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय उपकरण र खाद्यान्न जलेर नष्ट भएको छ ।
कसरी आगो लाग्यो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । उक्त घटनाबाट करिब रु तीन लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो स्थानीय बासिन्दा र प्रहरीचौकी रामनगरको सहयोगमा नियन्त्रण गरिएको थियो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki