कुशुम विक
गुलरिया बर्दिय, २ वैसाख । श्रीमानको कुटाइबाट बर्दियामा श्रीमतिका मृत्यु भएको छ । बर्दियाको बबइ नगरपालिका वडा नम्बर ८ तर्कियाका ६३ वर्षिय चुलुवा थारुले आफनै श्रीमति ५५ वर्षिय बेफनि थारुलाई टाउको लाठीले प्रहारका थिए । विहीबार लाठी प्रहारबाट उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसारसामान्य कुरामा विवाद हुँदा श्रीमानले टाउकोमा लाठीले प्रहार गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जंगली हात्तिको आक्रमण बाट युवकको मृत्यु
जंगली हात्तिको आक्रमणबाट घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दियाको सुर्यपटुवा गाविस वार्ड न ३ बडकी टडुवाका १७ वर्षिय श्रीकृष्ण थारु घर नजिकैको गाउँ कैलासीमा नाच हेर्ने जानेक्रममा जगली हात्तीको आक्रमणबाट बुधवार राति घाइते भएका थिए ।
घाइते थारुलाइ उपचारको लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो, उपचारको क्रममा आज विहान २ वजे उनको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने सो स्थानमा दैनिक जसो जगली जनावरहरुले सताउने गरेको स्थानिय वासीले बताएका छन ।