यादवद्वारा अग्निपीडितलाई राहत

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०३, २०७३ | ५:५७:०३

इनरुवा, ३ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरी जिल्ला भोक्राहा गाविसका अग्निपीडित परिवारलाई राहत वितरण गरेका छन ।

यादवले बिहीबार भोक्राहाका अग्निपीडित प्रतिपरिवारलाई एक÷एक बोराका दरले २१ बोरा चामल वितरण गरेका थिए । यादवले घटनास्थलको पुगेर सहयोग र राहत वितरणपछि पीडितको बासस्थान तथा आवासका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नेसमेतबताए । शनिबार सुनसरीको भोक्राहा गाविसमा आगलागी हँुदा २१ परिवारका ६५ वटा घर जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

सम्बन्धित खबर