नेपाली खेलाडीलाई हौसाला दिन क्रिकेट मैदानमा उपराष्ट्रपति जाँदै

दियो पोस्ट  

काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा भईरहेको नेपाल र नामिबियाबीचको खेल हेर्नको लागि उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने भएका छन् । नेपाली खेलाडीलाई हौसाला प्रदान गर्नको लागि उनी खेल मैदानमा जाने उनका पुत्र दिपेश पुनले बताएका छन् । नेपाली खेलाडीको ब्याटीङको समयमा उनी खेल मैदानमा पुग्ने बताइएको छ ।
जारी खेलमा नेपालले ४३ औं ओभरमा सातौं विकेट लिएको छ । बसन्त रेग्मीको बलमा बर्गर रन आउट भएका छन् । यसअघि कप्ता पारस खड्काले पाँचौं र वसन्त रेग्मीले छैंटौं विकेट लिएपछि नामिबिया दबावमा परेको थियो ।

सम्बन्धित खबर