मधेस आन्दोलनको घाइते कसलाई कति रकम ? (सुचीसहित)

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख ०५, २०७३ | ७:२८:३१

काठमाडौं, ५ वैशाख । मधेस आन्दोलनको क्रममा घाईते भएकाहरुले अहिलेसम्म पनि सरकारबाट राहत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्तिका कारण उनीहरुले अहिलेसम्म पनि राहत पाउन नसकेका हुन् । गत चैत्र ७ गते गृहमन्त्रालयले अर्थमन्त्रालयलाई उपचार खर्च पठाउन पत्राचार गरेपनि उनीहरुले अहिलेसम्म उपचारखर्च पाएका छैनन् । तर अर्थमन्त्रालयले अहिलेसम्म पनि रकम निकाशा गरेको छैन । मन्त्रिपरिषद्ले मधेस आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार खर्च बापत कूल ३१ लाख १७ हजार ५ सय ६१ रुपैयाँ ३२ पैसा निकासा गर्ने निर्णय गरेको थियो । यस अघि फागुन ३० गते गृहमन्त्रालयले मन्त्रिपरिषद्को लागि उपचार खर्च उपलब्ध गराउन सिफारिस् गरेको थियो ।
मधेस आन्दोलनमा घाईते भएका १९ जना व्यक्तिका लागि कूल, ३० लाख २१ हजार ७ सय २६ रुपैयाँ ३२ पैसा रकम उपलब्ध गराउन सिफारिस गरेको छ । त्यस्तै वीर अस्पताललाई रु ७३ हजार ३५ र कुरुवा खर्च बापतको रकम रु २२ हजार ८ सय रुपैयाँ रहेको छ ।
मन्त्रिपरिषद्बाट स्विकृत भएको घाईतेहरुको खर्च विवरण यस्तो छ :

 

सम्बन्धित खबर