फरकफरक घटनामा तीनको मृत्यु

फरकफरक घटनामा तीनको मृत्यु

नवलपरासी, ७ वैशाख । नवलपरासीमा सोमबार भएका फरकफरक घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्यधिक मदिरा सेवन गरेर जिल्लाको बन्जरिया–९ धर्मपुरका ६२ वर्षीय रामसिंह गाहा मगरको घरमै मृत्यु भएको छ ।

यसैगरी, देवचुली नगरपालिका–१२ बस्ने २५ वर्षीय रामु भुसालले आफ्नो शरीरमा आफैँ आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएका भुसालको शव परीक्षणपछि परिवारलाई सुम्पिएको प्रहरीले जनाएको छ ।

यस्तै, स्थानीय पिडरा खोलामा माछा मार्न गएका नवलपरासी जहदा–९ का ६० वर्षीय कोदइ हरिजनको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Trending News