सरकारलाई ठाडै चुनौती, अवैधानिक रुपमा हजारौं नयाँ सगर ग्यास सिलिन्डर बनेपामा

दियो पोस्ट  

काठमाडौं, ६ वैशाख । सरकारले नयाँ ग्यासको सिलिन्डर किन्न प्रतिबन्ध लगाएपनि गैरकानुनी बाटोबाट १० हजार कन्टेनर भन्दामाथि सिलिन्डर नेपाल भित्र्याइएको छ । भारतीय भूमिबाट सोमबार ४५ सय सगर ग्यासको सिलिन्डर नेपाल भित्रिएको छ । दियोपोस्टलाई प्राप्त सुचना अनुसार ५ ट्रक कन्टेनरबाट सगर ग्याँस काभ्रेको बनेपामा झारिएको छ । सगर ग्यासले आयल निगमबाट अनुमति बेगर नेपाल भित्र्याएको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकिय सचिव अर्जुन पाठकले दियोपोस्टलाई जानकारी दिए । सवर मल्ल अग्रवाल सञ्चालक रहेको उक्त कम्पनिले आयल निगमबाट अनुमति समेत लिएको छैन ।
पाठकका अनुसार वाणिज्य विभागका कर्मचारी उक्त ग्यासबारे छानबीन गर्न बनेपा तर्फ लागेको छ । भारतीय नाकाबन्दीपछि नेपाल सरकारले नयाँ सिलिन्डर किनबेचमा प्रतिबन्ध लगाएको थियो । भारतमा रहेको सिलिन्डर बनाउने ‘बाद्रा’ कम्पनिबाट यसरी सिलिन्डर भित्रिएको हो । केबिटी ट्रान्सपोर्ट कम्पनिले ग्यास सिलिन्डर भित्र्याएको बताइएको छ । तस्करहरुले फरक फरक ट्रान्सपोर्टबाट ग्यास ल्याइरहेका छन् ।
दियोपोस्टलाई प्राप्त तस्बिरहरु यस्ता छन् ।

cylinder naya cylinder