थप आन्दोलन नगर्न मधेसकेन्द्रित दलसँग आग्रह

दियो पोस्ट  

तौलिहवा ९ कपिलवस्तु०, ८ वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार सामु स्थानीय निर्वाचन लगायत अन्य महत्वपूर्ण कार्य गर्न चुनौती रहेको बताए ।
कपिलवस्तु ४ नं निर्वाचन क्षेत्रमा आज पत्रकारसँग कुरा गर्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले अहिलेको सरकारलाई मुख्य दलको समर्थन रहेको हुनाले अब नेपाली काँग्रेस पनि विगतको भद्र सहमतिलाई पालना गरेर वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताए ।

एमालेको नेतृत्वमा गठन भएको यो सरकार देश कठिन अवस्थामा रहेको बेलामा गठन भएको र मधेसवादी दलका माग पनि पूरा भएकाले अब थप आन्दोलनको तयारी नगर्न उनले मधेसकेन्द्रित दललाई आग्रह गरे ।