एक हजार नागरिकलाई स्वास्थ्य शिविर

दियो पोस्ट  

कुशुम विक

बर्दिया, ८ वैशाख । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वसेको निुशुल्क स्वास्थ्य शिविर बाट करिब १ हजार जना नागरिक लाभान्वित भएका छन ।
जिल्ला विकास समिति बर्दियाको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत स्थानिय अनुकुलन कार्ययोजना लापाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको थियो ।
जिल्लाको राजापुर नगरपालिका वडा नः १८ मा रहेको गोडियान विद्यालयमा बसेको १ दिने निशुल्क स्वास्थ्य शिविरमा ३०४ जनाले स्वास्थ्य परिक्षण गराएकोमा अधिकास आखाका विरामी देखिएको बताइएको छ भने यसैगरी ४० जना महिलाको पाठेघर खस्ने समस्या भएको भेटिएको थियो यस्तै बबइ नगरपालिकामा ३८४ जनाले स्वास्थ्य परिक्षण गराएकोमा ४४ जना महिलाहरुको पाठेघर खस्ने समस्या भेटिएको थियो । त्यस्तै सुर्यपटुवा गाविसमा २६४ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए । शिविरमा भेटिएका पाठेघर खस्ने महिलाहरुलाइ नजिकैको स्वास्थ्य चौकीमा अप्रेशनको व्यवस्था समेत मिलाइएको चौधरीले बताए ।

जिल्ला विकास समितिको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत स्थानिय अनुकुलन कार्ययोजना लापाका निमित्त जिल्ला संयोजक दिनेश सर्माले बढ्दो तापक्रमसँगसगै जलवायु परिवर्तका कारण मानिसमा कुनै समस्या तथा रोगहरु देखा परेका छन् कि छैनन् भन्ने उदेश्यले उक्त शिविरको आयोजना गरिएको बताए ।
निशुल्क आयोजना गरिएको शिविरबाट लाभान्वित भएका १ हजार नागरिकहरु मध्ये ५० प्रतिशतमा आँखाको समस्या देखिएको थियो भने महिलाहरुको पाठेघर खस्ने समस्यामा पनि दिनप्रतिदिन बढदै गएको हुदा यो समस्याको रुपमा रहेको देखिएको छ ।

सम्बन्धित खबर