आगलागीबाट १९ घरगोठ जलेर नष्ट

diyopost.com
bestnp  मंगलबार, बैशाख १४, २०७३ | ५:५३:३९

पाँचथर, १४ वैशाख । स्याबरुम्बा–२ मा सोमबार दिउँसोदेखि वनमा लागेको आगो बस्तीमा फैलिँदा १९ घर र गोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट रु ७० लाख बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । आगलागीबाट सात चौपाया ९खसी बाख्रा० जलेर मरेका छन् ।

अहिले भने जङ्गलमा आगो लागिराखेको र बस्ती भने खतरामुक्त रहेको स्थानीयवासी रमेश थापाले बताए । त्यसैगरी ओलने, लुम्फाबुङ, अमरपुर र फिदिम–५को जङ्गलमा अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर