बजेटले संविधान कार्यान्वयन र पुनःनिर्माणलाई प्राथमिकतामा राखोस् ः अर्थविद्

बजेटले संविधान कार्यान्वयन र पुनःनिर्माणलाई प्राथमिकतामा राखोस् ः अर्थविद्

काठमाडौँ, १४ वैशाख । विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट दीर्घकालीन सोच अनुरुप सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्यलाई जोड्ने खालको आउनुपर्ने बताए । सरकारले अबको बजेट चुनावी रणनीति अनुसारको ल्याउने हो कि भन्ने आशङ्का पनि उनीहरुले व्यक्त गरे ।

अर्का पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दुई छिमेकी राष्ट्र भारत र चीनको परिवर्तित अर्थव्यवस्थालाई हेरेर देशको बजेट रणनीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मधेस आन्दोलनलगायत अहिलेको विषम परिस्थितिमा निर्धारित समय ९जेठ १५० भित्र बजेट आउने सम्भावना नरहेको बताउँदै आइहाले करिब साढे १० खर्ब बराबरको महात्वाकांक्षी बजेट आउने दाबी गरे ।

अर्थविद् डा डिल्लीराज खनालले संविधानले दिएको मार्गचित्र अनुरुप देशको उच्च आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्दै सबै क्षेत्रलाई समेट्ने बजेट आउने सम्भावना रहेको बताए ।

Trending News