काठमाडौँ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल जानु भई आँखाको परीक्षण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार राष्ट्रपति भण्डारीले मङ्गलबार साँझ विशेषज्ञ चिकित्सकबाट करिब एक घन्टा आँखाको उपचार गराउनुभएको हो ।