सेनाद्वारा रुकुममा भ्यू टावर निर्माण

सेनाद्वारा रुकुममा भ्यू टावर निर्माण

रुकुम, १७ वैशाख । पर्यटकीय महत्व बोकेको राप्तीकै सबैभन्दा ठूलो रुकुमको बाँफिकोटमा अवस्थित स्यार्पु ताल अवलोकनका लागि नेपाली सेनाको देवीदल गणले भ्यू टावर निर्माण गरेको छ ।

नेपाली सेनाको देवीदल गण, सल्ले, रुकुमले स्थानीय बासिन्दा र जिविसको सहयोगमा भ्यू टावर निर्माण गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सो ताल अवलोकन गर्नका लागि सजिलो होस् भनेर जिविस, नेपाली सेनाको देवीदल गण लगायतका निकायले भ्यू टावर बनाउने निर्णय गरेका थिए ।

सो गणको विशेष पहलमा करिब रु पाँच लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । स्यार्पु ताल अवलोकनका लागी हाल दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेसंगै स्यार्पुताल आसपासमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

Trending News