फेरी पक्राउ परे नक्कली इन्जिनियर

दियो पोस्ट  

काठमाडौं, १७ वैशाख । महानगरिय प्रहरी अपराध महासाखाले नक्कली ईन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्देश घिमीरे र श्रीराम आचार्य रहेका छन् ।
इन्जिनियरको नक्कली प्रमाणपत्रका आधारमा उनीहरुले नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गरी कार्य गर्दै आएका थिए । स्थायी घर गोरखा रहेका उनीहरु दुवैजना विद्यार्थी हुन् ।

प्रहरीले उनीहरुलाई ललितपुरको गाबहाल स्थित कम्प्यूटर डिजाईनर कार्यालयबाट पक्राउ गरेको हो । उनीहरु सहित कम्प्यूटर लगायतका उपकरणहरु तथा सरकारी छाप सहित नक्कली ईन्जिनियरिङको प्रमाण पत्र र परिषदमा दर्ता गर्न चाहिने अन्य नक्कली कागजात समेत पक्राउ गरिएको छ । यस अघि प्रहरी ५ जना नक्कली ईन्जिनियरलाई पक्राउ गरिसकेको छ ।