काठमाडौं, १७ वैशाख । काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको अभियोगमा विप्लव माओवादीका एक विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक तथा केन्द्रीय सदस्य प्रकाश अधिकारीलाई शुक्रबार महानगरिय प्रहरी वृत स्वयम्भूले पक्राउ गरेको हो ।
विप्लव माओवादीका कार्यकर्ताले केही दिनअघि अनियमितता गरेको भन्दै काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमलाई कालोमोसो दलेका थिए ।