अक्सिजन बिना ९ दिनसम्म बाकसमा बसेका सिद्ध बाबा भन्छन्, ‘मैले आत्महत्या गरेँ’’ (भिडियो सहित)

दियो पोस्ट  

काठमाडौं, १८ वैशाख । अक्सिन विना नै बाकसमा बसेको दाबी गरेका सिद्ध बाबाले आफू विचित्रसँग बाँचेको दाबी गरेका छन् । पत्रकार नारायण पौडेलसँग टेलिभिजन अन्तर्वार्तामा  आफ्नो समाधीले संसारभरका मान्छेलाई खल्बल्याएको दाबी गरेका छन् ।
‘मेरो समाधिले संसारभरको मान्छेलाई खल्बल्याएको छ, अझै यसले भौतिक विज्ञान मान्छेहरुलाई पनि प्रश्न उठाएको छ,’ उनले भने, ‘आस्था राख्नेहरुलाई हौसाला पनि ल्याएको छ ।’
उनले आफ्नो परम्परा अनुसारको पद्धतिको आधारमा आफू समाधिमा बसेको दाबी गरेका छन् । ‘यो भौतिक विज्ञान वा शास्त्रिहरुलाई चुनौतीको विषय होईन । मेरो आफ्नो शास्त्रिय पद्धति छ,’ उनले भने ।
आफूले हल्का नियमको आधारमा समाधि बसेको समेत उनको दाबी थियो । ‘यो मैले हल्का नियमको आधारमा समाधि बसेको हो,’ उनले भने, ‘योगिहरुको नियम अनुसार आठ गज गहिरो खाडलमा बस्नुपथ्र्यो । पानि रहित जमिनमा ।’
उनले आफूले आत्महत्या गरेको समेत दावी गरेका छन् । ‘उत्तराखण्डको ब्रम्हपुर भन्ने ठाउँमा म थिएँ, दिक्क भएर आत्महत्या गर्ने स्थितिमा पुगेँ,’ उनले भने, ‘म बगिरहेको भागीरथी नदिमा हाम फालेँ ।’
प्रचण्डलाई भैँसी पुजा नगराइएको पनि उनले बताए । ‘नेपाललाई आयूर्वेद विश्वविद्यालय बनाउन सकिन्छ भनेर प्रचण्डसँग छलफल गरेँ, एउटा शिविर चलाएँ, शिविर उद्घाटनका लागि तत्कालिन प्रधानमन्त्री प्रचण्ड पनि आउनुभएको थियो । शिविरमा विभिन्न ग्रह दशाबाट प्रभावित हुनेहरुलाई उपचारको विधिका लागि भैंसी, हात्ति, घोडा लगायत जनावर राखेको थिएँ । शनि ग्रहको प्रभाव हाम्रो शरिरबाट हटाउन भैसीको छायाँमा बसेर ध्यान योग विधि गर्नसकिन्छ,’ उनले भने, ‘मैले यो विधि सञ्चार माध्यममा आउला भनेर सोचेको थिएँ तर दूर्भाग्य प्रचण्डले भैँसी पुजा गर्यो भनेर समाचार आएछ ।’

उनीसँग गरिएको कुराकानीको भिडियो यहाँ छ ।

 

सम्बन्धित खबर