नारायण सिलवाल
वैदेशिक रोजगारीमा जानेहरू ठगिएकोबारे थुप्रै समाचार लेखेँ । केही समयअघि १ लाख १० हजार तिरेर साउदी जान लागेका काकालाई पुर्याउन म विमानस्थलसम्म पुगेको थिएँ । त्यहाँ धेरै दृश्य देखेँ ।
नेपाल सरकारले रोजगारीका लागि साउदी अरब जाने खर्च जम्मा ३५ हजार रुपैयाँ तोकेको मैले सुनेको थिएँ । तर, काकाले एक लाख १० हजार तिरे । त्यहाँ मैले एउटा मेनपावरले निमुखा गरिबलाई कसरी चुस्छ भन्ने प्रत्यक्ष भोग्न पाएँ ।
माझी औंला काटिएपछि…
हाम्रो घर धादिङको नलाङ हो । मेरा काका रामहरि सिलवाल गरिबी र अभावमा थिए, कुनै आय–स्रोत थिएन, खेतीले ६ महिना खान पुग्दैनथ्यो । सुरुमा उनी रोजगारी खोज्दै सहर पसे ।
गाउँमा बाँच्ने आधार थिएन । परिवार पाल्नुपथ्र्यो । गाउँका अधिकांश युवा खाडी मुलुक भासिएका थिए । उनी पनि खाडी मुलुक जाने सोचे ।
नाताले आफ्नै पर्ने दाङ घर भएका हरि कुँवर वैदेशिक रोजगार कम्पनीसँग निकट थिए ।
काठमाडौंको एक बिस्कुट कारखानामा काम गरे । यही सिलसिलामा उनको दाहिने हातको माझी औंला मेसिनले छिनायो । त्यो पीडापछि उहाँ गाउँ फर्किनुभयो ।
गाउँमा बाँच्ने आधार थिएन । परिवार पाल्नुपथ्र्यो । गाउँका अधिकांश युवा खाडी मुलुक भासिएका थिए । उनी पनि खाडी मुलुक जाने सोचे ।
नाताले आफ्नै पर्ने दाङ घर भएका हरि कुँवर वैदेशिक रोजगार कम्पनीसँग निकट थिए ।
उनैले राम्रो कामको आश्वासन दिँदै एमआरपी मागे । काकाले होटल वा सुपरमार्केटको काम पाए जाने बताए । ती कुँवरले त्यस्तो काममा पनि जान पाइने बताए ।
कामको जानकारी लिन ती व्यक्तिले काकालाई स्वस्तिक मेनपावरमा बोलाए ।
केही महिनापछि खबर आयो, ‘तपार्इंको भिसा लाग्यो, पैसा पठाइदिनुपर्यो ।’
दलालको धम्की
धादिङबेसीमा रहेर सुरक्षित वैदेशिक रोजगार प्रोजेक्ट सञ्चालन गर्दै आएको आवाज अभियानले काकाको कुरा बुझेन । उनले जानैपर्ने बाध्यता भएपछि जिल्लामै एक महिनासम्म ड्राइभिङ तालिम लिए । तालिमपछि काकालाई कुँवरले नक्कली लाइसेन्स दियो । ‘यो नेपालमा नदेखाउनू, विदेशमा मात्रै देखाउनू’ भनियो ।
कामबारे बुझ्दा ड्राइभिङको भिसा भन्ने थाहा भयो । एउटा औंला नभएको भन्दै काकाले त्यसमा जान नसकिने बताए ।
तर, ती कुवँरले गालीगलौज मात्रै गरेनन् । पारिवारिक सम्बन्ध बिग्रन सक्ने धम्की समेत दिए ।
‘भिसा लागिसकेको छ, तपाईं गए पनि, नगए पनि ७५ हजार तिर्नुपर्छ’ भन्दै उल्टै धम्की आउन थाल्यो,’ काकाले मलाई भने ।
त्यसपछि उनी झनै तनावमा आए । उनी सहयोगका लागि एक एनजिओमा पुगे । धादिङबेसीमा रहेर सुरक्षित वैदेशिक रोजगार प्रोजेक्ट सञ्चालन गर्दै आएको आवाज अभियानले काकाको कुरा बुझेन । उनले जानैपर्ने बाध्यता भएपछि जिल्लामै एक महिनासम्म ड्राइभिङ तालिम लिए । तालिमपछि काकालाई कुँवरले नक्कली लाइसेन्स दियो । ‘यो नेपालमा नदेखाउनू, विदेशमा मात्रै देखाउनू’ भनियो ।
किर्ते बिल
पटकपटक गरी हामीले १ लाख १० हजार रुपैयाँ बुझायौं । तर, रकम तिरेको भौचर भने जम्मा १० रुपैयाँको थियो ।
त्यो १० हजारको नगदी रसिद पनि सम्बन्धित म्यानपावरको हो कि हैन यकिन छैन । न रिसिभ गर्ने मान्छेको हस्ताक्षर छ न त संस्थाको छाप ।
मेनपावरको मिलेमतो
काका साउदी अरब पुगेको खबर शनिबार बिहानै पाएँ । तर जुन सम्झौतामा उहाँ जानुभएको थियो, त्यो लागु भएन । ड्राइभिङ भिसामा साउदी पुगेका उनलाई हेल्परको काम दिएको छ रे । यहाँबाट ८ घन्टाको ड्युटी भनेर पठाइए पनि १२ घन्टादेखि १६ घन्टासम्म खट्नुपर्छ रे । टेलिफोनमा उनी भन्दै थिए, ‘मलाई लुट्नेहरूलाई के गर्ने होला ?
सुरुवातमा हामीलाई स्वस्तिक मेनपावरबाटै लगिएको थियो । भिसा पनि स्वस्तिकबाटै लागेको बताइएको थियो तर, विमान चढ्नुअघि हामीलाई अर्कै एजेन्टसँग भेटाइयो । ती रहेछन्, त्रिपल स्टार म्यानपावरका एजेन्ट, बिरु गुरुङ । त्यतिबेला मात्रै हामीलाई थाहा भयो, त्रिपल स्टारले पो भिसा दिएको रहेछ ।
काका साउदी अरब पुगेको खबर शनिबार बिहानै पाएँ । तर जुन सम्झौतामा उहाँ जानुभएको थियो, त्यो लागु भएन । ड्राइभिङ भिसामा साउदी पुगेका उनलाई हेल्परको काम दिएको छ रे । यहाँबाट ८ घन्टाको ड्युटी भनेर पठाइए पनि १२ घन्टादेखि १६ घन्टासम्म खट्नुपर्छ रे । टेलिफोनमा उनी भन्दै थिए, ‘मलाई लुट्नेहरूलाई के गर्ने होला ?