शिव कुमार कार्की भन्छन्,‘मैले मेरै खर्चमा दुई युवालाई मलेशिया पठाएर उद्दार गरेँ’

कमल विश्वकर्मा  

काठमाडौं । सिनामंगलमा कार्यालय रहेको रेडियन्ट ओभरसिज प्रा.लीका संचालक शिव कुमार कार्कीले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । शुक्रबार मलेशिया रोजगारीमा जाने युवालाई चर्को शुल्क असुलेको भन्दै वैदेशिक रोजगार विभागले छापा मारेको सन्दर्भमा प्रकाशित समाचारको उनले खण्डन गरेका हुन् ।

उनका अनुसार पीडित भनिएका दुई युवा रेडियन्ट ओभरसिजबाट नभई ग्रिनल्याण्ड सर्भिसेस प्रा.लीका पूर्व कर्मचारीले रेडियन्टमा ल्याएको र सोही कारण आफूहरुको कम्पनिमाथि विभागले सामान्य छानबीन गरेको उनको दाबी छ । ती दुई युवालाई कार्कीले आफ्नै खर्चमा मलेशिया पठाएको समेत दाबी गरोक छन् ।

दियोपोस्टको कार्यालयमा आएर उनले यस्तो दाबी गरेका हुन् ।

शुक्रबार २३ जना नेपाली युवालाई उक्त म्यानपावरले रोजगारीका लागि मलेशिया पठाउन लागेको थियो । २३ जना मध्ये सिराह र उदयपुरका दुई युवाबाट २ लाख रुपैयाँ मागिएको भन्दै वैदेशिक रोजगार विभाग र यस संचारमाध्यमलाई समेत खबर प्राप्त भएको थियो ।

सुचना आउनासाथ विभागका अधिकारीहरु छापा मार्नका लागि त्यहाँ पुगेका थिए । दियोपोस्टमा समाचार प्रकाशित भएपछि दुई युवालाई शनिबार हिमालय एयरलाइन्स मार्फत आफ्नै खर्चमा टिकट काटी मलेशिया पठाएको उनको दाबी छ ।

“वैदेशिक रोजगार विभागले शुक्रबार म्यानपावरमा विभागका अधिकृतहरुले छापा मार्ने क्रममा अफिसमा तलब बाड्न राखेको नगद पैसा भेटिएको हो”, उनको दाबी छ ।

याे पनि

मलेशिया रोजगारीको नाममा ठगीधन्दा : वैदेशिक रोजगार विभागले छापा मार्दा मिडियालाई पैसाको अफर !