दियोपोस्ट विरुद्ध अदालत पुगेका द रिभर ओभरसिजका मालिक रघु पुरी पराजित

दियोपोस्ट संवाददाता  

काठमाडौं । दियोपोस्ट डटकमले समाचार लेखेर आफ्नो गाली बेइज्जती भएको भन्दै झूटो दाबीसहित अदालत पुगेका म्यानपावर व्यावसायी रघुनाथ पुरी पराजित भएका छन् । दियोपोस्ट डटकमका प्रधानसम्पादक तथा प्रकाशक सुदिप विश्वकर्मा र सम्पादक रीता बुढाथोकी विरुद्ध जिल्ला अदालतमा लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका उनलाई अदालतले आज पराजित गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश भट्टको ईजलाशले पुरीको दाबी नपुग्ने फैसला गरेको हो । २०८० मंसिर १५ गते दियोपोस्ट डटकममा ‘हतियार बोक्ने म्यानपावर दलाल रघु पुरी विमानस्थलको भिआई कक्षमा, एआइजी भण्डारी नै ‘भरिया’ !’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

तस्विर सहित प्रकाशित समाचारलाई लिएर एआइजी भण्डारीले खण्डन समेत गर्न सकेका थिएनन् । यता पुरीले भने समाचारको तथ्यसहित खण्डन गर्नको सट्टा प्रेस काउन्सिल मार्फत जवाफ माग्ने कार्य गरेका थिए । जबकी प्रेस काउन्सिलले नै जारी गरेको आचार संहितामा प्रकाशित समाचारमा चित्त नबुझे सम्बन्धित संचार माध्यममै खण्डन गर्न पाउने व्यवस्था छ ।

काउन्सिलले खण्डन नै गर्न नलगाई एक्कासी जवाफ माग्ने कार्य गरेको थियो । अन्य व्यक्तिको हकमा भने खण्डन गर्न लगाउने काउन्सिल पुरीको हकमा भने संचार माध्यमलाई सो नियमनको नाममा स्पष्टिकरण सोध्न पुगेको थियो । दियोपोस्टले जवाफ दिएपछि कुनै कारबाही अघि बढेको थिएन । त्यसपछि पुरीले २०८० पुसमा दियोपोस्टका प्रकाशक र सम्पादक विरुद्ध लिखित गाली बेइज्जती गरेको भन्दै झूटो निवेदन दिएर अदालत प्रवेश गरेका थिए । अदालतले उनको दाबी नपुग्ने भन्दै सोमबार फैसला गरिदिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आज भएको बहसमा दियोपोस्टका तर्फबाट अधिवक्ता मोहन साशंकरले बहस गरेका थिए । अधिवक्ता साशंकरले समाचार र गालीबेइज्जती फरक विषय भएको जिकिर गरेका थिए । बहसका क्रममा उनले रघुनाथ पुरीले भिआइपी कक्षमा पुगेको थिइन भन्ने जिकिर फिराद पत्रमा समेत उल्लेख नगरेको । उक्त तस्विर आफ्नो होइन भन्ने जिकिर पनि नगरेको र संचार माध्यममा खण्डन नपठाई प्रेस काउन्सिलमा टाडो निवेदन दिई काउन्सिलले गैरकानुनी रुपमा जवाफ माग्ने कार्य भएको जिकिर गरे । प्रेस काउन्सिल नेपालले संचार माध्यममा खण्डन नै नपठाई जवाफ माग्नु गैरकानुनी रहेको उनको तर्क थियो ।

एआइजी भण्डारीले विमानस्थलको भिआइपी कक्षमा पुर्‍याएका अर्का व्यक्ति खुंखार हुण्डी कारोबारी !

हतियार बोक्ने म्यानपावर दलाल रघु पुरी विमानस्थलको भिआइपी कक्षमा, एआइजी भण्डारी नै ‘भरिया’ !