मई दिवसमा प्रचण्डको एकाबिहानै शुभकामना,‘हामी हमेसा मजदुरको अग्रदस्ता’

दियो पोस्ट  

काठमाडौं, १९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२७ औं मई दिवसको अवसरमा शुभकामना दिएका छन् । आईतबार विहानै शुभकामना बक्तव्य जारी गर्दै उनले एक्यद्धतासहित शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेका छन्,’ प्रचण्डद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।’
उनले आफ्नो पार्टी हमेसा मजदुरको पक्षमा रहने समेत स्पष्ट पारेका छन् । ‘हाम्रो पार्टी हमेशा मजदुर वर्गको राजनैतिक अग्रदस्ताको भूमिका खेलिरहने प्रतिवद्धता सहित पुनः नेपाल र संसारका मजदुरहरुलाई बधाई शुभकामना व्यक्त गर्दछ,’ जारी वक्तव्यमा भनिएको छ ।