काठमाडौं, २२ वैशाख । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मालाई जानकारी गराएका छन् ।
बुधबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी पदाधिकारी वैठकले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेको थियो । नेपाली कांग्रेस लगायतका दलहरुको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गराएका दहालले त्यसलगत्तै विज्ञप्ति निकालेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार भेटका क्रममा प्रचण्डले आफ्नो पार्टीले गरेको निर्णय सुनाएका थिए ।
विहीबार साँझ मात्रै नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज दुवै दलका आ–आफ्ना स्थायी कमिटीको बैठकपछि फेरि दुवै नेताबीच कुराकानी भएको थियो ।