काठमाडौं, २३ वैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिको जारी प्रथम महाधिवेशनबाट ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सर्वसम्मतिबाट चुन्नका लागि नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारलाई जिम्मा दिइएपछि उनले सदस्य छनोट गरेका हुन् । राती अबेरसम्म गच्छदार छलफलमा थिए ।
खुलातर्फ २१ र समावेशीतर्फ छुट्याइएको आरक्षण कोटामा २१ सदस्य छानिएका हुन् ।
खुलातर्फको सदस्यमा नन्दकुमार सरदार, कामेश्वर प्रसाद साह, गणेश लामा, मो, मुस्ताक आलम, शिवकुमार गुर्मछाने, छेदीलाल चौधरी, उमाशंकर अरगरिया, सिध्दीकुमार महर्जन, सपनकुमार दास छन् । लामा गुण्डा नाईके हुन् । अकुत सपत्ति थुपारेको आरोपमा उनीमाथि सम्पत्ति सुद्धिकरण विभागले छानबीन गरिरहेको छ ।
यसैगरी खुलातर्फकै सदस्यमा सुबोधकुमार पोखरेल, प्रेम बिसी, मो, तौफिक खान, निरू कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गौंड, योगेन्द्र चौधरी, लक्षमण यादव, हरेन्द्र सिंह, राजकुमार नाल्बो, प्रदीपकुमार चौधरी र बासुदेव राना चुनिएको निर्वाचन समितिले जनाएको छ ।
महिलातर्फको सदस्यमा जस्वी मन्डल र रूक्मणी मन्डल चुनिए । हिमाल पहाडका आदिवासीका लागि छुट्याइएको कोटामा सार्कीमान बल र जयराज संयोक लिम्बू छनिए ।
यस्तै तराई मधेसका आदिवासी जनजातिबाट उषा राजबंशी र शिवनारायण उराउ चुनिए भने तराई मधेसका दलित कोटामा कलावतीदेवी पासवान र रमणी राम छानिए ।
हिमाल पहाडका लागि छुट्याइएको दलित कोटामा सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मा चुनिएका छन् । पिछडा वर्गबाट राम लखन ठाकुर र देव्नारायण मुखिया सदस्य चुनिएका छन् । यस्तै खस आर्य सदस्यमा शिवप्रसाद दंगाल र दुर्गादेवी कोइराला छानिए ।
मधेसी सदस्यको चारवटा कोटामा चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायणप्रसाद मेहता परे ।
मुस्लिम समुदायबाट गफार अन्सारी र मो, महताब आलम छनोटमा परे । कर्णाली क्षेत्रका लागि भनेर छुट्याइएको कोटामा धनप्रसाद पाण्डे केन्द्रीय सदस्यमा चुनिएका छन् ।