काठमाडौं, २३ वैशाख । नयाँ सरकारको विषयमा छलफल गर्न भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेका छन्। बुधबार आफू नेतृत्वमा सरकार बनाउने एमाओवादी निर्णयपछि राजनीति फेरि तातेको छ ।
नेता विमलेन्द्र निधिसँगै पुगेका देउवा र दाहालबीच ओली सरकारलाई कसरी विस्थापन गरेर नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको प्रचण्ड निवास स्रोतले जनाएको छ ।
लाजिम्पाट स्रोतका अनुसार एमालेले सरकारबाट राजिनामा नदिएको भन्दै विकल्पबारे समेत छलफल भएको थियो ।
‘एमालेले नयाँ सरकार गठनमा मार्ग पशस्त नगरेको अवस्थामा कांग्रेस एमाओवादी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको छ, स्रोतले भन्यो ।