भावुक हुँदै सुस्ताबासीले युवा संघलाई माटो उपहार दिएपछि..

दियो पोस्ट  

काठमाडौं, २५ वैशाख । एमाले निकट युवा संघ नेपाल राहत लिएर नेपाल भारतबीचको सिमा क्षेत्र रहेको नेपाली भूमी सुस्तासम्म पुगेको छ । युवा संघको नेपाल क्षेत्र नम्बर ६ नवलपरासी क्षेत्रिय कमिटिको आयोजनामा २६ औं युवा संघ सथापना दिवसको अवसरमा उनीहरुले राहत बाढेका छन् ।

yuwa sangh


सुस्तामा रहेको जनता दलित प्राबिका २ सय विद्यार्थीलाई एकलाख भन्दा बढीको शैक्षिक सामग्री वितरण गरिएको हो । ‘हामी राष्ट्रिय एकताको पक्षमा छौं,’ कार्यक्रममा युवा संघ नेपालकी वरिष्ठ उपाध्यक्ष दिलु पन्तले भनिन, ‘भारतले गर्ने कुनैपनि हस्तक्षेप हामीलाई स्विकार्य छैन, त्यसका विरुद्ध हामी अन्तिमसम्म लड्ने छौं ।’
सुस्तावासीले देशको रक्षा गर्न भन्दै युवा संघलाई माटो उपहार दिएका थिए । त्यहि माटो समाउँदै पन्तले भनिन, ‘हामी देश र नेपाली माटो रक्षाका लागि सास रहेसम्म लड्नेछौं ।’

susta


कार्यक्रममा युवा संघका केन्द्रीय नेताहरु हस्तबहादुर साही, नरेश साही लगायतको अतिथ्यता रहेको थियो । दलित र मुश्लीम वस्ति । भारत गएर पढ्नेले पढे तर यहाँ त केही रहेनछ । युवा संघका कार्यकर्ता पुगेपछि स्थानियले निकै उत्साही भएको प्रतिक्रिया दिएका थिए ।
‘हामी उत्साही छौं, सिमामा बसेर नेपालको रक्षा गरिरहेका छौं,’ स्थानीयको भनाई उदृत गर्दै युवा संघका कार्यकर्ता प्रकाश भट्टराईले भने,‘पुल नभएकाले भारतीय भूमीको प्रयोग गरेर नेपाली बजारमा आउनुपर्ने बाध्यता छ ।’