काठमाडौं, ३ जेठ । अदालतको अपहेलना गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । गत शनिबार राजधानीको सभागृहमा आयोजित युद्धकालिन मुद्दा र माओवादीहरु विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले अदालतले आफू र शेरबहादुर देउवालाई जेल हाल्नु पर्ने बताएका थिए ।
उनले अदालत विरुद्धको कटाक्षलाई लिएर त्यसको तीन दिन पछि सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका हुन् । अदालतको मानहानीको मुद्दा हाल्ने त्रिपाठी वरिष्ठ अधिवक्ता हुन् ।
प्रचण्डलाई लगाइएको आरोप पृष्टि भएको खण्डमा उनले एक वर्ष कैद र दश हजार जरिवानाको सजाय हुनेछ । एमाले र एमाओवादीबीच भएको ९ बुँधे सम्झौता खारेज गर्न माग गर्दै दिनेश त्रिपाठी र अनन्तराज कोईरालाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनीहरुको रिट निवेदनलाई खारेज गरिदिएको थियो ।
यस अघि भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा पक्राउ परेका साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितको मुद्दाको पक्षमा बहसमा ४० जनाको समुहमा पनि त्रिपाठी सामेल थिए ।