दिल्लीमा ‘लेडि पुलिस’माथि नेपाली युवतीको थप्पड (भिडियोसहित)

diyopost.com
bestnp  बुधबार, जेठ ०५, २०७३ | ०:१९:०१

काठमाडौं । भारतको राजधानी दिल्लीमा अनौठो घटना भएको छ । एक नेपाली युवतीले दिल्लीको महिला प्रहरीमाथि थप्पड हानेको भन्दै भारतीय मिडियाले प्रचार गरेका छन् । महिला पुलिसमाथि ती युवतीले थप्पड हानेको भिडियो टेलिभिजनहरुमा प्रशारण गरिएको छ । टेलिभिजन आजतकले उक्त भिडियोलाई प्राथामिकताको साथ प्रशारण गरेको छ ।
भिडियोमा नेपाली युवतीले आफूमाथि प्रहरीले दुव्र्यबहार गरेको बताइरहेकी छिन् । प्रहरीले आफूमाथि प्रहार गरेपछि आफूले प्रतिकार गरेको उनको दाबी छ ।

‘पहिले उसले मलाई पिटेको थियो,’ भिडियोमा नेपाली चेलिले भनेकी छिन्, ।

हिन्दुस्तान टाईम्सले युवतिले मदिरा सेवन गरेको भनेर लेखेको छ । हिन्दुस्तान टाईम्सका अनुसार प्रहरीले उनले मदिरा सेवन गरेको नगरेको विषयमा प्रहरीले सफदरगन्ज अस्पतालमा मेडिकल गर्न पठाएको थियो । मेडिकल रिपोर्टले उनको रगतमा अल्कोहलको मात्रा देखिएको उल्लेख छ ।

भिडियो हेर्नुहोस् ।

 

सम्बन्धित खबर