लम्जुङमा बस दुर्घटना ९ जनाको मृत्यु, १२ घाईते

दियो पोस्ट  

लम्जुङ् ६ जेठ । लमजुङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मध्ये नेपाल नगरपालीका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा यात्रुबाहक बस दुर्घटनामा परी ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र कम्तिमा १२ जना यात्रु घाईते भएको प्रहरी चौकी सोतिपसले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेको अवस्था चिन्ताजनक छ । मृत्युभएकाहरुको अहिलेसम्म पहिचान हुनसकेको छैन ।
तनहुँको सदरमुकाम दमौलीबाट जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी मोहन जिसीले दियोपोस्टलाई दिएको जानकारी अनुसार  ९ जना घाईतेलाई दमौली जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ सामान्य घाईतेहरु घर फर्किएका छन् । जिसीका अनुसार बसमा २५ जना यात्रु सवार थिए ।

photo by himalkhabar.com

सम्बन्धित खबर

सिफारिस