ल्हाक्पाले तोडिन् आफ्नै विश्व रेकर्ड

diyopost.com
bestnp  शुक्रबार, जेठ ०७, २०७३ | ७:४१:२३

सोलुखुम्बु, ७ जेठ । सङ्खुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् ।

यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर