विप्लवको आमसभालाई सरकारी पत्र, ‘बालबालीकालाई डर बलपूर्वक कार्यक्रममा ल्याइयो’

दियो पोस्ट  

काठमाडौं, ७ जेठ । विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार राजधानीमा गरेको आमसभामा बालबालीका प्रयोग भएको भन्दै केन्द्रीय बालकल्याण समितिले ध्याकर्षण भएको जनाएको छ । आमसभापछि विज्ञप्ति जारी गर्दै समितिले कार्यक्रममा डर बल पूर्वक बाललीकालाई कार्यक्रममा सहभागी गराईएको दाबी गरिएको छ ।
‘जनसभामा उपस्थित गराईएका बालबालिका स्वयम कार्यक्रमको उद्देश्यबारे अनभिज्ञ रहेको र कतिपय विद्यालयबाट डर बल र करले बालबालिकालाई जुलुस सभामा लिई अनउभु परेको हाम्रो अनुगमनबाट देखिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘वयस्कहरुको सहभागिताबाटै पूर्णता दिन सकिने राजनीतिक दलका यस्ता कार्यक्रममा जबरजस्ति वा झुक्याएर प्रलोभनमा पारी बालबालिकालाई प्रयोग गर्नु किमार्थ न्यायोचित हुँदैन ।’
समितीले बालबालिका प्रयोग भएको प्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।