मदनको स्मृतिमा श्रद्धाञ्जलि

मदनको स्मृतिमा श्रद्धाञ्जलि

काठमाडौँ, ९ जेठ । मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले समाजसेवी मदनजङ्ग राणाको स्मृतिमा आज श्रद्धाञ्जलि सभाको आयोजना ग¥यो ।

पुस्तकालयका मानार्थ सदस्यसमेत रहनुभएका राणाले मध्य बानेश्वरमा किरियापुत्री भवनका लागि करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका थिए ।

त्यस क्षेत्रका जनताको मागलाई सम्बोधन गर्ने क्रममा समाजसेवी राणाले चार आना एक पैसा किरियापुत्री भवन निर्माणका लागि हस्तान्तरण गर्नुभएको पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले जानकारी दिए ।

समाजसेवी स्वर्गीय राणाले उपलब्ध गराएको जग्गामा सबै टोलवासीले चन्दा सङ्कलन गरेर किरियापुत्री भवन निर्माण गरिएको छ ।

नेपाल खेलकुद परिषद्मा कार्यरत मदनको हृदयघातबाट ५४ वर्षको उमेरमा वैशाख २८ गते निधन भएको थियो ।

उहाँले प्रदान गर्नुभएको जग्गामा दुई परिवार किरियापुत्री बस्न सक्नेगरी भवन निर्माण गरिएको छ ।

Trending News