काठमाडौं, १० जेठ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको सरस्वति क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा ५० जना सहभागीहरुले रक्तदान गरेको कार्यक्रममा अध्यक्ष कृष्ण सेवाले जानकारी दिए ।
अखिल क्रान्तिकारी सरस्वति क्याम्पस ईकाई समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संगठनका अध्यक्ष पुर्ण सिंहको प्रमुख आतिथ्यता रहेको थियो । ‘देशमा भईरहेको चरम रगत अभावलाई कम गर्नका लागि हाम्रो गौरवशाली संगठनले रक्तदान कार्यक्रम गरेको हो,’ अध्यक्ष कृष्ण सेवाले दियोपोस्टसँग भने, ‘हामीले गरेको यो कार्यक्रमले रगत अभावलाई केही भएपनि कम गर्ने विश्वास लिएका छौं ।’