जन्ती बोकेको बस पल्टिँदा मोरङमा ४ घाइते

diyopost.com
bestnp  बुधबार, जेठ १२, २०७३ | ५:०५:२६

मोरङ, १२ जेठ । मोरङको इटहरामा बुधबार बिहान जन्ती बोकेको बस आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ । रासस

सम्बन्धित खबर