काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन् ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने “देशको विकास, जनताको उत्थान र संविधानले कल्पना गरेको समाजवाद उन्मुख बजेट आएको छ ।” जनताका विभिन्न समस्या सम्बोधन गर्दै नेपाललाई अघि बढाउने सन्दर्भमा बजेटले स्पष्ट नीति र दृष्टिकोणका साथ कार्यान्वयनको लक्ष्य लिएकाले दिल खोलेर समर्थन गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले दलीय अवस्थाका कारण प्रतिपक्ष भएकाले असहमति राख्नैप¥यो भन्ने ढङ्गबाट मात्र टीक्काटिप्पणी हँुदै आएको उल्लेख गरे ।
उनले भने , “बजेट वितरणमुखी र ठूलो आकारको आयो भनी अमूर्त कुरा गरेर हुँदैन, कहाँ वितरणमुखी भयो, कहाँ छरियो भन्ने स्पष्ट धारणा आउन आवश्यक छ, प्रतिपक्षले कर्मचारीको तलब, सामाजिक सुरक्षाभत्ता नबढाउने अनि विद्युत् विकासका आयोजनालाई बजेट नछुट्याउने भनेको हो ?” बजेट वितरणमुखी भयो भन्न प्रतिपक्षकोे आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले भने , “बजेट तलब, भत्ता, सडक, शिक्षा, स्थास्थ्य, कृषि क्षेत्रको विकासमा खर्च नगरेर नेपाल राष्ट्र बैंकमा रहेको पैसा अर्थ मन्त्रालयमा पोको पारेर राख्ने होइन, बाटोघाटो, पुल, औषधि, स्वास्थ्य र शिक्षाको विकासका लागि बजेट छरेकै हो ।”
मुलुकको विकासका लागि अत्यन्तै जिम्मेवारीका साथ सरकारले आगामी आवमा विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै उनले गत वर्षको तुलनामा यस आवमा चार प्रतिशतले बजेटको आकार कम रहेको जानकारी दिए । बजेटका सिद्धान्त र प्राथमिकताले देशलाई विकास र समृद्धिमा अब अघि बढाउन कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री ओलीले भने , “देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्दाेरहेछ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाइनेछ ।