यी हुन् माओवादी एकतामा आउने १० दल (सुचीसहित)

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । पटक–पटक ५ माओवादी घटकबीच एकता हुने भनिएपनि अन्ततः माओवादीहरु बीच एकता भएको छ । विहीबार राजधानीको बबरमहल स्थित कार्की पार्टी बेन्क्वेटमा भएको अधिबेशनले नयाँ पार्टी गठन गरेको हो । अधिबेशनपछि नवगठित माओवादीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । नवगठित पार्टीमा समाहित भएका दलहरुको नाम महासचिव रामबहादुर थापा बादलले वाचन गरेर सुनाएका थिए ।
नवगठित माओवादीमा कुन–कुन दल छन् त ?

यस्तो छ दलहरुको सुची :
१. एकीकृत नेकपा माओवादी
२. नेपाल कम्युनिष्ट क्रान्तिकारी माओवादी
३.क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
४. नेकपा माओवादी
५. नेकपा माओवादी विद्रोही
६.जयपूरी घर्ति, स्वतन्त्र रुपमा एकतामा प्रक्रियामा लागेकी माओवादी नेतृ,
७.गौरवशाली पार्टी नेपाल,
८. नेपाल कम्युनिष्ट पार्टी
९. वामपन्थि एकता मञ्च,
१०. नयाँ शक्ति अभियान नेपाल

सम्बन्धित खबर

ट्रेन्डिङ