प्रचण्डलाई आदालतको तीन दिने ‘अल्टिमेटम’

दियो पोस्ट  

काठमाडौं, ११ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सर्वोच्च अदालतले तीन दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धी अधिबक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गत हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा अदालतले नेताहरुलाई जेल हाल्न खोजेको भन्दै शान्ति सम्झौताको कार्यन्वयन नभएको बताएका थिए ।
जेठ तीन गते त्रिपाठीले दायर गरेको रिटको आज मंगलबार सुनुवाई भएका थियो । सर्वोच्चका कामु प्रधानन्यायधीश सुशीला कार्कीको अध्यक्ष प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो ।