‘राई केटा हेर्न मन लागेन’ भनेकी समृद्धिको भिडियो सन्देश,‘प्लिज मलाई माफ गर्दिनुहोला’

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । गायीका समृद्धि राईले माफी मागेकी छिन् । मिस टुरिजम क्विन ईन्टरनेश्नल २०११ मा मिस पर्सानालिटीको उपाधी समेत जित्न सपल राई पछिल्लो समय विवादमा आएकी थिईन् ।

सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएपछि राईले आफूलाई सामाजिक सञ्जाल फेसबुक भिडियो मार्फत माफी मागेकी हुन् । केही दिन अघि प्रशारित बीबीसी नेपाली सेवाको साझा सवालमा राईले आफूलाई ‘राई केटा मन नपर्ने’ भन्दै अभिव्यक्ति दिएकी थिईन् । उनको अभिव्यक्ति पछि जनजाति युवाले सामाजिक सञ्जालमा उनको व्यापक विरोध गरेका थिए ।

‘गएको शनिबार बीबीसी साझा सवालमा सम्पूर्ण किराँती समुदाय प्रति मैले जुन चोट पुर्‍याएँ, क्षमा प्रार्थी छु,’ समृद्धिले भिडियो सन्देश जारी गर्दै भनेकी छिन्, ‘तपाईंहरुलाई दुःखी बनाउने मेरो मनासाय थिएन । म किराती जाती समुदायलाई घृणा पनि गर्दिन । म आफै किराती चेली भएर, आफ्नै किराती मौलिकता माथि कसरी आलोचना गरुँ ?’

उनले बोलेको एउटा वाक्यले सामाजिक सञ्जालमा युवाहरुले रिस पोखेको भन्दै उनले एक पटक माफी गर्दिन आग्रह गरेकी छिन् । सबै आफ्नै कारणले भएको उल्लेख गर्दै उनले आफूले किराँतीलाई अबहेलना नगरेको दाबी गरिन् ।

निकै भावुक मुद्रामा प्रस्तुत भएकी उनले यो तीन पटक माफि दिन अनुरोेध गरेकी छिन्, ‘प्लिज मलाई यो पटक माफ गर्दिनुहोला, अब आउने दिनहरुमा एकदमै सोचेर बोल्छु ।’

उनको भिडियो सन्देशमा अधिकांशले असहमति जनाएका छन् । केहीले भने माफी दिनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले राईको सन्देशमा प्रतिक्रिया दिएका छन् ,‘ सरनको मरन गर्नु हुँदैन भन्ने परमपरा अनुसार माफ दिनुपर्छ ।’

यस अघि उनले सामाजिक सञ्जाल फेसबुकमा माफी दिन भन्दै लामो स्ट्याटस समेत लेखेकी थिईन् । तर विरोध नरोकीएपछि उनले भिडियो सन्देश जारी गरेकी हुन् ।

बीबीसी साझा सवालमा के भनेकि थिईन् समृद्धि राईले ?

नमस्ते सबैलाई म विगत १० वर्षदेखि पत्रकारीतामा थिएँ । भर्खरै मात्रै छोडेको । म गित लेख्छु र गाउँछु पनि । पहिलो पटक मैले गित निकाल्दा धेरै मेरो कमेन्टसहरुमा राई किराती लिम्बुहरु आउनु भयो । कस्तो ट्यालेन्टेड राईहरु हुनुभयो तर मलाई खुसी पनि लाग्यो किनभन्दा खेरि ट्यालेन्टेड राई मात्रै नभएर नेपाली पनि भन्दिए हुन्थ्यो जस्तो लाग्यो । पहिले म मिस टुरिजममा नेपाललाई प्रतिनिधित्व गरेर जाँदा खेरी पनि चाईनमा मिस नेपाल भनेर मेरो पहिचान थियो । त्यहाँ कसैले मलाई मिस राई वा मिस किरात भनेन । मैले पुरा नेपाललाई प्रतिनिधित्व गरिरहेको थिएँ । मेरो फूपुहरुले भन्नुहुन्थ्यो, ‘हुर्केपछि राई लिम्बु केटा नै विहे गर्नुपर्छ है’ उहाँले भन्नु भएर नै मलाई राई लिम्बु केटा हेर्न मन लागेन । किन जातको क्राईटएरिया दिनुभयो ? भन्ने हिसाबले कुुरा सन्दा मेरो थकाली साथीहरु हुनुहुन्छ । थकालीले थकाली नै विहे गर्नु पर्ने रे, गुरुङले गुरुङ नै । यो त पुरानो कुरा भयो । यति धेरै शिक्षा दिएर पनि पुरानै कुरा फलो गर्नु पर्ने भयो भने त मिलेन ।

समृद्धिको भिडियो सन्देश