लागुऔषध कारोबारमा संलग्न भारतीय पक्राउ

दियो पोस्ट  

भोटेओडार ९लमजुङ० १४ जेठ । लागु औषध कारोबारमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

लमजुङलाई मुख्य कार्यक्षेत्र बनाएर लामो समयदेखि लागुऔषध कारोबार गर्दै आएका दुई भारतीय नागरिकसहित तीनजना लमजुङको भोटेओडारबाट पक्राउ परेका हुन् ।

भारत मोतिहारीका २५ वर्षीय धमेन्द्रकुमार जैसवाल, मोतिहारीकै २५ वर्षीय जाकिर हुसेन र लमजुङ सुन्दरबजार नगरपालिका–३ का २८ वर्षीय मीनबहादुर बाँनियालाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

सुन्दरबजार नगरपालिका–३, भोटेओडार डुढखोलाबाट पक्राउ परेका भारत मोतिहारीका जैसवालको साथबाट फेनारगान २६५ थान, नुर्फिन ६१७ थान र डाइजेपाम २७६ गरी कुल एक हजार १५८ थान लागुऔषध बरादम गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एउटा ल्यापटप, रु २९ हजार र धर्मेन्द्रकुमारले चलाउने गरेको बा३५प ९१२९ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

सिफारिस