गणतन्त्र विरुद्ध चलखेल भईरहेछ : प्रकाशमान सिंह

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्र विरुद्ध चलखेल भईरहेको खेलासा गरेका छन् । शनिबार राजधानीमा गणतन्त्र दिवसको अवसर पारेर कामद कलेज ले आयोजना गरेको गणेशमान सिह छात्रवृत्ति बितरण कायक्रममा बोल्दै उनले प्राप्त उपलब्धी जोगाएर दलहरु अघि बढ्नुपर्ने बताए ।
नेता सिंहले संविधानको कार्यन्वयनबाट मात्रै नेपालमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुने बताए । ‘संविधान को पुर्ण कार्यन्वयन बाट नै गणतन्त्र संस्थागत हुनसक्छ,’ उनले भने, ‘ दलहरु संविधान कार्यन्वयनमा ईमानदार भयर लाग्नु पर्छ ।’
मुलुका राजनीतिक अस्थिरता कायम रहेको भन्दै उनले प्रमुखदलहरुको साझा प्रयासबाट मात्रै गणतन्त्रको रक्षा गर्न सकिने बताए ।
गणतन्त्र दिवसकै दिन दलहरुले दलगत स्वार्थभन्दा मुलुकको स्वार्थ र जनताको हितमा लाग्न अपिल गरेका छन् । कार्यक्रममा गणेशमान सिंह छात्रवृति समेत वितरण गरिएको थियो । स्थापना काल देखि नै कलेजले छात्रवृति वितरण गर्दै आएको छ ।