पर्वत, १६ जेठ । मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाको मर्मतकार्य पूर्णरुपमा सम्पन्न भएको छ । गत साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत यसैसाता पूर्णरुपमा सम्पन्न भएको हो ।
साउनमा क्षतिग्रस्त बनेको आयोजना मर्मतपछि गत मङ्सिरबाट एकवटा टर्वाइनबाट मात्र विद्युत् उत्पादन सञ्चालन भएकामा गत मङ्गलबारदेखि पूर्णरुपमा मर्मत सकिएर दुईवटै टर्वाइन सञ्चालन भएको हो । बाढीले पूर्ण क्षति भएको आयोजना मङ्सिर २८ गते चार महिनापछि सञ्चालन भएको थियो ।
मोदीखोलामा ६० वर्षपछि आएको ठूलो बाढीले आयोजनाको विद्युत्गृह, सडक र नहरमा गरी रु ३० करोडभन्दा बढी क्षति पु¥याएको थियो । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले झन्डै चार वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो ।
आयोजनाको विद्युत् उत्पादन बन्द हुँदा उत्पादनतर्फ मात्रै रु १२ करोडभन्दा बढी नोक्सानी भएको थियो । एक महिना विद्युत् बन्द हुँदा रु चार करोड घाटा हुने पनि आयोजनाले जनाएको छ ।