काठमाडौं, २६ बैशाख । जिल्ला अस्पताल धादिङ्गमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निलकण्ठ नगरपालिका २, तीनघरेका ६५ वर्षिय रण बहादुर बि.क रहेका छन् ।
कोरोना सङ्क्रमण भएपछि उनलाई जिल्ला अस्पताल धादिङ्गको आइसोलेशनमा राखेर उपचार गरीदैं आएको थियो ।
जिल्ला अस्पताल धादिङ्गले संचालन गरेको कोभिड–१९, अस्पतालमा चिकित्सक अभाव भएर विरामी उपचारबाट बन्चित भएका थिए ।
जिल्ला अस्पताल धादिङ्गका ४० भन्दाबढि स्वाथ्यकर्मी कोरोना भाईरस संक्रमित छन् ।