काठमाडौं, २१ जेठ । नयाँ शक्ति नेपालले आगामी जेठ ३० गते राजधानीमा हुने कार्यक्रमको भिडियो विज्ञापन तयार पारेका छन् । भिडियोमा बाबुराम भट्टराई आफै मोडलिङ गरेका छन् । भूकम्पपीडितको एक दृष्य र वैदेशिक रोजगारीमा जाने युवाहरुको लाईनको एक दृष्य बाहेक अधिकांश स्थानमा बाबुरामको सुकिला मुकिला पहिरनमा विज्ञापन छ ।
‘हामी विगतमा पटक पटक राजनीतिक व्यवस्थाका विरुद्ध लड्यौं, पहिले राणा शासनका विरुद्ध, त्यसपछि पञ्चायतका विरुद्ध, फेरी राजतन्त्रका विरुद्ध । यी सबै लडाईंहरुमा जनताले नै जिते पनि बाँकी छन् जनताका समस्याहरु , आज पनि हामी व्यवस्था फेर्न लड्यौं,’ भिडियोमा बाबुरामले भनेका छन्, ‘अब लड्नुछ, आर्थिक अवस्था फेर्न, फेर्नुछ गरिबीको अवस्था, युवा शक्ति पलायनको अवस्था भ्रष्टाचारको अवस्था, परनिर्भरताको अवस्था । आउनुहोस अब आर्थिक क्रान्तिमा जुटौं । समृद्धि संभव छ हाम्रै पालामा । नयाँ शक्ति नेपाल, अबको निकास, आर्थिक विकास ।’
करिब ५१ सेकेन्डको उक्त भिडियो । टेलिभिजन विज्ञापनका लागि तयार पारिएको हो ।
भिडियो यस्तो छ ।