साबधान ! मासु पसलमा भेटियो हजारको यस्तो नक्कली नेपाली नोट

दियो पोस्ट  

काठमाडौं, २२ जेठ । बालाजुको एक पसलमा नेपाली नक्कली नोट भेटिएको छ । बालाजु कराँते डोजोका प्रशिक्षक धुर्व विक्रम मल्लले एक हजारको नक्कली नोट भेटाएका हुन् ।

‘मासु पसलमा एकै नम्बर भएको नोट भेट्टाएँ, एउटा अलि लामो छ, अर्को अलि छोटोँ छ,’ मल्लले दियोपोस्टलाई जानकारी दिँदै भने, ‘म भोली नै यो नोट महानगरिय प्रहरी अपराध माहाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई दिनेछु, उहाँले यस विषयमा थप अनुसन्धान गर्नु हुनेछ ।


उनको हातमा परेको दुवै रुपैयाँको नम्बर एकै छ ।

सम्बन्धित खबर