रोनाल्डो भाईरल भिडियो-छोराले कोक पिउँदा हैरान हुन्थे

दियो पोस्ट  

काठमाडौं, ३ असार । क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन चान्छन् ।

छोरा क्रिष्टियानो जुनियरले कोकाकोला र क्रिप्स् खाँदा पनि आफु हैरान हुने गरेको उनले यसअघि बताएका थिए ।

‘कहिलेकाँही उसले कोक पिउँछ र क्रिप्स् पनि खान्छ । यसले मलाई हैरान बनाउँछ भन्ने पनि उसलाई थाहा छ’ रोनाल्डोले गत डिसेम्बरमा फुटबल इटालियासँग भनेका थिए ।

रोनाल्डोका छोरा युभेन्टस्को युथ एकेडेमीबाट खेल्छन् र उनले धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।

त्यहीकारण ११ वर्षका यी बालक बाबुको पदचाप पछ्याउँदै फुटबलमा लाग्ने अनुमान गरिएको छ । यद्यपी, रोनाल्डोले आफ्ना छोरालाई फुटबलर बन्न दबाब भने नदिने बताएका छन् ।

रोनाल्डोका चार छोराछोरीमध्ये क्रिष्ट्रियानो जेठा हुन् । त्यस्तै छोरी इभा र माटियो जुम्ल्याहा हुन् । यी तीनवटै सन्तानका आमाको परिचय गोप्य छ । जर्जिना रोड्रिग्वेजतर्फ रोनाल्डोकी एक छोरी छिन् । उनको नाम एलाना मार्टिना हो । एजेन्सी