ओलीलाई भेट्न बालकोट पुगे वामदेव

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ । मंगलबार नयाँ दल खोलेका गौतम बिहीबार बिहान ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।

भेटघाटका क्रममा गौतमले आफूले नेपालमा कम्युनिष्ट एकता गर्नका लागि नयाँ दल खोलेको बताएका थिए । तर ओलीले भने तत्कालिन नेकपा फुटाउन आफ्नै नेताहरु लागेको भन्दै असन्तुष्टी जनाएका थिए ।

नेकपा विभाजनमा पूर्व माओवादी फ्याक्टर भन्दा पनि पूर्व एमालेहरु नै लागेको भन्दै असन्तुष्टी जनाएका थिए ।