
कैलाली । कैलालीमा गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको आरोप २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।
धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरि औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरिरहेका थिए । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।