
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक आज बसेको छ । आगामी दीक्षान्त समारोहका लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्न बैठक बसेको हो ।
बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्रीसहित अन्य पदाधिकारीले गाउन र टोपी लगाएर उपस्थित भएका थिए ।