काठमाडौं, २ साउन । जिल्ला अदालत भक्तपुरका न्यायाधीश मातृका प्रसाद मरासेनीले ठगी मुद्दाका अभियुक्त कृष्ण प्रसाद ताम्राकारलाई जोगाउन पटक पटक आदेश दिएको खुलशा भएको छ ।
मुलुकी फौजदारी कार्याविधि संहिता ऐन २०७४ मा एउटै मुद्दा एकै न्यायधीशले पटक पटक हेर्न नमिल्ने व्यवस्था भएपनि ठगी मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिन न्यायाधीश मरासेनीले ६ पटकसम्म आदेश गरेको पाइएको छ ।
मुलुकी फौजदारी कार्याविधि संहिता ऐन २०७४ को दफा १७६ ‘ग’ मा ‘आफूले न्यायाधीशको हैसियतमा कुनै अदालतमा निर्णय गरेको वा अन्तिम आदेश गरेको मुद्दा’ हेर्न नमिल्ने व्यवस्था छ ।
तर, न्यायधीश मुरासेनीले ५ पटक हेरिसकेको मुद्दा पछिल्लो समय गत असार १२ गते १ करोड १५ लाखभन्दा बढी ठगि गर्ने कृष्ण प्रसाद ताम्राकारलाई १० लाख धरौटीमा पुर्पक्षका लागि थुनामा नपठाई उन्मुक्ति दिएको पाइएको हो ।
भक्तपुरको कमलविनायक स्थित होटल यातुको शेयर ठगीमा समलग्न ताम्राकार यतिबेला थुनाबाहिरबाटै चलखेल गरिरहेका छन् ।
ताम्राकारले भक्तपुर सुर्यविनायककी सरु महत र उनका पति मनसुन विक्रम शाह मणिबाट २ वर्षअघि एक करोड १५ लाख भन्दा बढी रकम ठगी गरेका थिए । आफू ठगिएको थाहा पाएपछि पीडित दम्पत्तिले प्रहरी प्रशासन र अदालतको सहारा लिन पुगेका थिए ।
२०७४ साल चैत्रमा पीडित दम्पत्तिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा उजुरी दिएका थिए ।
उजुरीपछि पक्राउ परेका ताम्राकारले एक हप्ता भित्र रकम दिन्छु भन्दै सहमति गरेर ताम्राकार बाहिरिएका थिए । तर, एक हप्ता भित्र पैसा दिनुको सट्टा ताम्राकारले प्रहरी प्रशासन र पीडित विरुद्ध निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
निषेधाज्ञा भ्याकेट भएपछि ताम्राकारलाई प्रहरीले पटक पटक पक्राउ गरे पनि राजनीतिक पहुँचको आधारमा छुट्दै आएका थिए ।
ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको र फौजदारी मुद्दामा निषेधाज्ञा जारी नहुने भन्दै उच्च अदालत पाटनले निषेधाज्ञा भ्याकेट र खारेज नै गरेपनि भक्तपुर जिल्ला अदालतका न्यायाधीश मरासेनीले निषेधाज्ञा जारी र निरन्तरता दिने कार्य गर्दै आएका थिए ।
रिट नं. ०७४–wo ०९५९ को ठगी मुद्दामा उच्च अदालत पाटनले २०७५ भदौ ६ ताम्राकारले दिएको निवेदन नै खारेज गरेको थियो ।
उच्च अदालतले ताम्राकारको निवेदन खारेपछि गते ठगि मुद्दाका अभियुक्त ताम्राकार अन्तिरिम आदेशको माग गर्दै भक्तपुर जिल्ला अदालत पुगेका थिए ।
एक पटक उच्च अदालतले आदेश गरिसकेका विषयमा पुन भक्तपुर जिल्ला अदालतमा पुगेका ताम्राकारको ठगि मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश मरासेनीले २०७५ असार २० गते ताम्राकारको बचाउ गर्दै आदेश दिएका थिए । उक्त आदेशमा मरासेनीले पाटन उच्च अदालतको आदेशलाई बेवास्ता गर्दै प्रतिवादी कृष्ण प्रसाद ताम्राकारलाई पक्राउ नगर्नु, थुनामा नराख्नु’ भन्ने आदेश दिएका थिए ।
उक्त आदेश विरुद्ध पीडित सरु महतले बेरितको आदेश बदर गरी पाउँ भन्दै पाटन उच्च अदालतमा निवेदन दिएकी थिइन् । भक्तपुर जिल्ला अदालतले असार २० मा जारी गरेको आदेशमा फौजदारी अपराध सम्बन्धमा अनुसन्धान गर्ने कार्य उपर रोक लगाएको नपाइएकाले अन्तरिम आदेश बेरितको नभएको’ भन्ने आदेश दिएको थियो ।
उनै मरासेनीले ठगी मुद्दामा पक्राउ पर्नुपर्ने ताम्राकारलाई ‘पक्राउको अनुमति नदिने गरी’ गत वैशाख ११ गते गुपचुप रुपमको अर्को आदेश गरेको समेत पाइएको थियो । त्यतिमात्रै होइन उनै मरासेनीले गत असार १२ गते ताम्राकारलाई थुना बाहिरबाटै मुद्दा लड्ने गरी उन्मुक्ति दिएको पाइएको थियो ।
उक्त आदेशमा मरासेनीले १ करोड १५ लाखभन्दा बढी ठगि गर्ने ताम्राकारलाई जम्मा १० लाख धरौटी बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न मिल्ने गरी आदेश गरेका थिए ।
त्यतिमात्रै होइन ताम्राकारलाई जोगाउनका लागि न्यायाधीश मरासेनीले असार २२ गते नै तीन दिन भित्र पीडितहरुलाई बकपत्रमा आउन आदेश गरेका थिए । आफू भक्तपुर जिल्ला अदालतमा कार्यरत रहँदा नै ताम्राकारलाई उन्मुक्ति दिनका लागि न्यायाधीश मरासेनीले यस्तो ‘हतार’ गरेको पीडितको भनाई छ
।
२५ गतेबाट सुरु भएको बकपत्रमा पीडितहरु जिल्ला अदालत भक्तपुर धाउन थालेका थिए । तर, वकपत्रमा जाहेरीवाला सरु महत र साक्षीहरु दिपेन्द्र मिश्रको मात्रै सहभागी थिए ।
बकपत्रका लागि हाजिर भएपनि समयका कारण बकपत्र दिन नपाएका साक्षीहरु सरोज पनेरु, शंकर सिंह, अनिल केशरी, विशाल अग्रवाल, राजेन्द्र भुषण खयरगोली, गोपाल प्रधानांगको पालो नआउँदै ताम्राकार पक्षको वक पत्र गरिएको थियो । वक पत्र जारी रहेकै अवस्थामा असार २७ गते फेरी शुक्रबार नै ३१ गते नै पेशी तोक्न् २ नम्बर फाँटका कर्मचारीलाई दबाव दिएका थिए ।
पीडितहरुले इजलाश सार्न पाउँ भन्दै मुख्य न्यायाधीश र न्याय परिषदमा उजुरी गरेपनि उनले भने बेन्च सार्नुको सट्टा निरन्तर आदेश गरिरहेका थिए ।
विवादित न्यायधीशको सरुवा !
पटक पटक ठगि धन्दाका अभियुक्त कृष्ण प्रसाद तााम्राकारलाई जोगाउन आदेश दिने न्यायाधीश मातृका प्रसाद मुरासेनीको सरुवा भएको छ ।
उनले यस्तै यस्तै आदेश दिएको पाइएपछि सम्बन्धित अदालतको मुख्य न्यायाधीश र न्याय परिषदमा पीडितहरुले उजुरी समेत दिएका थिए । भक्तपुर जिल्ला अदालतमा लामो समयदेखि कार्यरत मरासेनीलाई न्याय परिषदले विहिबार नै रुपन्देही जिल्ला अदालतमा सरुवा गरेको छ ।