
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले आफूहरूका सम्बन्धमा आएको समाचारप्रति आपत्ति जनाएको छ । शुक्रबार दियोपोस्टमा प्रकाशित ‘खारेज भइसकेको ट्रेड युनियनको नाममा प्रधानन्यायाधीशलाई धम्की !’ शीर्षकको समाचारप्रति आपत्ति जनाएको हो ।
युनियनका तर्फबाट जोदा सिंह कठायतले पठाएका ‘आपत्ति पत्र’ मा आफूहरूको आशय सरुवा प्रक्रिया मापदण्ड, ज्येष्ठता, कार्यक्षमता र न्यायोचित आधारमा हुनुपर्ने माग गर्दै सम्बन्धित पदाधिकारीहरूको ध्यानाकर्षण गराउनु रहेको बताएका छन् । तर समाचारमा प्रधानन्यायाधीशलाई धम्की भन्ने शीर्षक राखेर अतिरञ्जना गराइएको र भ्रामक बनाइएको दाबी गरेका छन् ।
युनियनका तर्फबाट तत्कालीन समयमा अध्यक्ष रहेका जोदा सिंह कठायतले हस्ताक्षर गरी पठाएको ‘आपत्ति पत्र’ मा आफूहरूको ध्यानाकर्षण ‘न्यायपालिकाको गरिमालाई बचाइराख्न सर्वोच्च अदालत व्यवस्थापनसँग सदैव हातेमालो गर्दै आएका ट्रेड युनियनहरूलाई समेत अपमान गर्ने किसिमको प्रवृत्ति सर्वथा गलत भएको’ बारे केन्द्रित रहेका बताएका छन् ।
हेर्नुहोस् उनको आपत्ति पत्र ।
