‘यौनकाण्ड’मा मुछिएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी महिला कर्मचारीसँग दुबईमा !

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी यसअघि निगमकै निर्देशक पदमा थिए । त्यतिबेला उनीमाथि ९१ जना कर्मचारीले यौन हिंसाको आरोप लगाएका थिए । यो आरोप मात्रै थिएन महिला आयोग लगायत विभिन्न निकायमा उजुरी पनि परेको थियो । सोही आरोपमा तत्कालिन महाप्रबन्ध सुगतरत्न कंसाकारले अधिकारीलाई निलम्बन समेत गरेका थिए । तर, यस्तै व्यक्तिलाई सरकारले निगमको अध्यक्ष बनायो । विरोधको कुनै सुनुवाई भएन । यसरी विवादित बनेका अधिकारीले फेरी अर्को काण्ड मच्चाएका छन् ।

दशैंको चटारोमा उनी भने एक महिला कर्मचारीसँग विदेश शयर भएका छन् । दशैंको चटारोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु भरिभराउ देखिन्छन् । पर्यटकहरु नेपाल घुम्न आउने समय सुरु भएकोले पनि आन्तरिक र बाह्य उडानहरु भरिभराउ भएको हो । तर, नेपाल एयरलाइन्सलाई हाईसन्चो छ । न उडान भरिभराउ न राज्यलाई कुनै आम्दानी निरन्तर घाटाको व्यापार । यस्तो संस्थाको सुधारको दायीत्व बोकेका अधिकारी भने महिला टिपेर दुबई हानिएका छन् ।

 

ती महिला कर्मचारीलाई अध्यक्ष अधिकारीले सँगै किन लैजानुप¥यो भनेर निगमकै कर्मचारीहरुले अधिकारीको नियतमाथिम प्रश्न गरेका छन् । निगम कर्मचारीका अनुसार ती महिला कर्मचारीसँग उनको पहिलादेखि सम्बन्ध थियो ।

 

अधिकारीले राति–राति म्यासेज पठाएर ती महिला कर्मचारीलाई हैरानी गरेको विषय पनि मिडियामा आएको थियो । त्यसो त यौनजन्य क्रियाकलापमा निगमका महिला कर्मचारीहरुले अधिकारीविरुद्ध विभिन्न निकायमा उजुरी गरेका थिए । यस विषयमा दियोपोस्टले नै पहिलो पटक उनको यो खबर खुलाशा गरेको हो ।

अहिले तिनै महिला कर्मचारीलाई लिएर दुबई गएको घटनाले अर्को रहस्य बाहिरिएको छ । स्रोतका अनुसार निगमको दुबई कार्यालयमा करिब ४ करोड रुपैयाँ घोटाला भएको छ । सुरुमा ती महिला कर्मचारीसँग सेटिङ गरेर उक्त घटना अधिकारीले गुपचुप राखे । तर एक कान दुई कान मैदान हुँदै उक्त घोटाला बाहिरिएपछि आफू पनि मुछिने डरले हतार–हतार अध्यक्ष अधिकारीले ती महिला कर्मचारीलाई सँगै लिएर दुबई पुगेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दुबईका स्टेशन मेनेजर कमलप्रकाश पौडेल, कन्ट्री मेनेजर अस्मिता सुवेदी र फाइनन्स मेनेजर सुरेश यादव मिलेर ४ करोड रुपैयाँ घोटाला भएको छ । एक वर्ष अगाडि अधिकारी आफैँले जनही १५–२० लाख असुलेर दुबई पठाएका कर्मचारीहरुले गरेको घोटाला बाहिर आएमा आफू फस्ने डरले भित्रभित्रै हिसाब मिलाउन फाइनान्समा कार्यरत उक्त महिलालाई लिएर गएको निगम स्रोतले बताएको छ ।

चरित्रहीन भ्रष्ट अधिकारीले नयाँ जहाज किनेर करोडौं कमिशन बुझाउने प्रलोभन दिएपछि बालुवाटार पनि मख्ख छ । पर्यटनमन्त्री सुदन किरातीले समेत ¥याल काढ्दै छन् । मन्त्री किरातलिे दिनदिनै नयाँ जहाज किन्ने घोषणा गरिरहेका छन् ।

 

वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]

 

नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !

सम्बन्धित खबर

सिफारिस