नक्कली खोप विक्री गर्ने अपराधमा बडाल दम्पत्ति, सीआइबीद्वारा श्रीमती पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नक्कली औषधि बेचबिखन गरेको कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । सर्लाही जिल्ला, साविक ईश्वरपुर गाविस–४ की स्थायी रहेकी उनी कम्पनिको अध्यक्ष भएपनि यो कम्पनिको धन्दामा उनका श्रीमान ऋषि बडाल समेत छन् ।

पक्राउ परेकी बडाल नेपाल पशुपंक्षी औषधी व्यावसायी संघकी केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

सीआइबीका अनुसार हाल उनी काठमाडौं शंखमुलमा बस्दै आएकी थिइन् । पक्राउ परेकी सुवेदीमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

पशु सेवा विभाग अन्तर्गत आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन, ललितपुरबाट कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स, काठमाडौंलाई पशुपंक्षी फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइण्डर आदि आयात गर्न सिफारिस पत्र जारी गरिएको थियो ।

लम्पी स्किनको खोप समेत नक्कली कागजात बनाएर बेचेका थिए बडाल दम्पत्तिले

लम्पी स्किन खोपबारेको समाचार पढ्नुहोस् ।

 

Exclusive खुलाशा, ‘महामारीमा महाअपराध’ : लम्पी स्किन रोग विरुद्धको खोप नै नक्कली !